Incident Reports

रोल्पामा कांग्रेस नेताको घर र मोटरसाइकलमा आगजनी

2021-12-26

नेपाली कांग्रेस रोल्पाका सहसचिवको मोटरसाइकल र अर्का एक नेताको घरमा आगजनी भएको छ। सहसचिव सुनिलकुमार वलीको रा ५ प ९५२१ नम्बरको मोटरसाइकल आइतबार अज्ञात समूहले आगजनी गरेको हो। कांग्रेस रोल्पा उपसभापति हरिबहादुर पुन, सचिव शेरबहादुर थापा र सहसचिव सुनिलकुमार वली श्रद्धाञ्जली सभामा पुगेका थिए। गंगादेव गाउँपालिका ४ का पार्टी वडा कार्यसमिति सदस्य गनबहादुर डाँगीको १३ औं पुन्यतिथिमा आइतबार श्रद्धाञ्जली सभा भएको थियो। उक्त कार्यक्रमका लागि सहसचिव वली मोटरसाइकलमा गएका थिए। उनी सवार रहेको उक्त मोटरसाइकल अज्ञात समूहले आगजनी गरेको हो। श्रद्धाञ्जली कार्यक्रम सकेर नेताहरू स्थानीय गंगादेव गाउँपालिका ५ का नदु डाँगीको घरमा बसेको आशंकामा अज्ञात समूहले उक्त घरमा पनि आगजनी गरेका छन्। घर र मोटरसाइकलमा आगजनी गर्ने समूहलाई खोजी गरी कानुनी कारबाही गर्न रोल्पा कांग्रेस सभापति किशोरकुमार आचार्यले आज विज्ञप्ति निकालेर माग गरेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total damaged Buildings 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments