Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2021-12-26

Bagmati, Sindhuli, Kamalamai, Ward 7

कमलामाई नगरपालिका–७ की ५० वर्षीया सानुमाया तामाङलाई कुटपिट गरी घाइते तुल्याएको आरोपमा पति ५५ वर्षीय शुभलाल टिङ्लाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ । पीडित सानुमायालाई पुस ११ गते राति घरायसी वादविवाद हुँदा पतिले कुटपिट गर्नुका साथै चिरपट र सावेल प्रहार गरी घाइते तुल्याएकोमा पुस १२ गते बिहान स्थानीयले उद्धार गरी सिन्धुली अस्पतालमा उपचार गराएका छन् । पीडितको टाउकोमा आठ ओटा टाँका लगाएको छिमेकी कुमारी तामाङले जानकारी दिनुभयो । पतिको कुटपिटबाट घाइते भएकी सानुमायालार्य घाइते अवस्थामा घरमै फेला पारी सिन्धुली अस्पताल उपचारका लागि ल्याएको र थप उपचार भइरहेको उहाँले बताउनु भयो । आरोपितविरुद्ध महिला हिंसाविरुद्धको अपराध अन्तर्गत आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेलका सई सपना तामाङ्ले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments