Incident Reports

स्याङ्जामा चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गयाे, ५ वर्षीया बालिका घाइते

2022-01-12

Gandaki, Syangja, Waling, Ward 10

स्याङ्जाको वालिङ नगरपालिका १० भकुण्डेमा आज बुधवार दिउँसो चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गएकाे छ । पर्वतको पैयूँ गाउँपालिका ५ घर भइ वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले बालकलाई चक्कु प्रहार गरेका हुन् । उनले वालिङ १२ सिर्सेकोट घर भइ एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साइमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments