Incident Reports

बलात्कारको आरोपमा एकजना पक्राउ

2022-01-19

Province 1, Morang, Sunwarshi

मोरङको सुनवर्षी नगरपालिकामा अपांगता भएकी एक जना किशोरी बुधबार बलात्कृत भएकी छन्।

अपांगता भएकी १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सुनवर्षी–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। शारीरिक रूपमा अपांगता रहेकी उनी राम्रोसँग हिँड्न र बोल्न नसक्ने अवस्थाकी छन्। ती किशोरीको आफ्नै घरमा बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले बताए। किशोरीको घरमा कोही नभएको मौका छोपेर ऋषिदेवले बलात्कार गरेको डिएसपी मुकारुङले जानकारी दिए।

बुधबार साँझ साढे ५ बजेतिर परिवारका सदस्य कोही पनि नभएको बेला घरमा पुगेका ऋषिदेवले भान्सा कोठामा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ। किशोरीलाई जबरजस्ती गरिरहेको स्थानीयले देखेपछि होहल्ला भएपछि ऋषिदेव फरार भएका थिए। पीडित किशोरीको अवस्था सामान्य रहेको र स्वास्थ्य परीक्षण विराटनगरमा भइरहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले फरार भएका ऋषिदेवलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका ऋषिदेवविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउनका लागि आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments