Incident Reports

कारागारका आधाभन्दा बढी बन्दीहरु भाइरल ज्वरोले बिरामी l

2014-08-14

Devraj Gurung ताप्लेजुङ कारागार शाखाका आधा बढी बन्दीहरु बिरामी भएका छन् । भाइरल ज्वरोका कारण थलिएका ५७ जना मध्ये सात जना ओछ्यान लागेका र बाँकी सामान्य हिडडुल गर्न सक्ने भएको जेलर बालकृष्ण गुरागाईले जानकारी दिए । एकै पटक धैरै सङ्ख्यामा बिरामी भएपछि साउन २९ गते स्वास्थ्यकर्मीको टोलि कारागारमै गएर उपचार गरेको छ । चिकित्सक सहित तीन जना स्वास्थ्यकर्मीको टोलिले सबै बिरामीको स्वास्थ्य परीक्षण गरी औषधी लेखिदिएका छन् । ज्वरो नियन्त्रणका लागि कारागार र अस्पतालले आधा/आधा औषधी ब्यहोरेका छन् । औषधीका लागि छुट्याइएको रकम पर्याप्त नभएकाले कारागारले अस्पताललाई सहयोग माग गरेको जनायो । यो आर्थिक वर्षका लागि ५५ हजार रुपैयाँ बजेट आएको र निकासा भइनसकेको जेलर गुरगाईले बताए । "अघिल्लो वर्ष ६३ हजार छुट्याइएको थियो । त्यसले नपुगेर ३० हजार सामाजिक सुरक्षा कार्यक्रमबाट रकमानन्तर गरेर खर्च गर्‍यौ" गुरगाईले भने, "त्यसले नपुगेर पाँच हजार पसलमा अझै बाँकी छ ।" बन्दीहरुको चापका कारण बसाई बाक्लो भएकाले बिरामीको सङ्ख्या उच्च हुने गरेको छ । २५ जनाको क्षमता रहेको कारागारमा साउन २९ गते ९४ जना बन्दीहरु रहेका छन् । यसअघि १ सय २ जनासम्म पुगेका थिए । कतिपय बिरामी बन्दीहरु आफैले पनि खर्च गर्ने गरेका छन् । "सङ्कट परेका बेला तपाईहरु लगाई राख्नोस भनेर सोध भर्ना हुनेगरी खर्च गराउछौं" गुरगाईले भने, "सकेसम्म पसलबाट बाँकी ल्याएर आफैले दिने गरेका छौँ ।" देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis