Incident Reports

रौतहट : युवा संघद्वारा हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवको पुत्ला दहन

2022-01-22

Madhes, Rautahat, Gaur

रौतहट । सार्वजनिक रुपमा गौर हत्याकाण्ड दोहोरिने चुनौती दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ । रौतहट सदरमुकाम गौरमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले मन्त्री पदमा बसेर पनि समाजमा हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको पुत्ला दहन गरेको हो ।

संघका केन्द्रीय सदस्य निवेश यादवको नेतृत्वमा युवा संघका कार्यकर्ताले गौरका विभिन्न स्थानहरुमा विरोध प्रदर्शन गर्दै वीपी चोकमा पुगेर मन्त्री यादवको पुत्ला दहन गरेको थियो । सोही स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले मन्त्री पदमा रहेर पनि गौर हत्याकाण्ड जस्तो अमानवीय हत्याकाण्ड घटाउने सार्वजनिक वक्तव्य दिने मन्त्री रेणु यादवलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

उनले मन्त्री यादवले गौर हत्याकाण्ड आफूहरुले घटाएको स्वीकार गरिसकेको भन्दै गौर हत्याकाण्डको फाइल पुनः खोलेर छानविन गर्नुपर्ने माग गरे । सो विरोध प्रदर्शनमा युवा नेताहरु रुपेश कुमार पटेल, मुन्ना कुमार यादव, बालाशंकर कुश्वहालगायतले अगुवाई गरेका थिए ।

यही माघ ५ गते मन्त्री यादवले गौरमा आयोजित एक कार्यक्रममा पुनः जनमत पार्टीका अध्यक्ष सीके राउतलाई चेतावनी दिँदै गौर हत्याकाण्ड गराइदिने भन्दै हिंसा भड्किने अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘गौर हत्याकाण्डको दोषीलाई कारबाही गर’, ‘अराजक मन्त्रीलाई कारबाही गर’, ‘गैर जिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई बर्खास्त गर’,लगायतका नाराबाजी गरेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments