Incident Reports

काठमाडौंमा युवतीको हत्या l

2014-08-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं (कास)- डल्लु आवास क्षेत्रभित्र बिहीबार पहिचान खुल्न नसकेकी एक युवतीको हत्या भएको छ। प्रहरी वृत्त स्वयम्भूका अनुसार चक्कु प्रहारबाट ती युवतीको हत्या भएको हो। घाइते अवस्थामा उनलाई प्रहरीकै गाडीमा वीर अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको हो। वृत्तका डीएसपी पदम बिष्टका अनुसार मंगोलियन अनुहार देखिने ती युवती र एक युवक बिहान ५ बजेर ४ मिनेट जाँदा अँगालो मारेर ओरालो हिंडेको सीसीटीभी फुटेजमा देखिएको छ। स्थानीयवासीले टोल सुरक्षाका लागि त्यहाँ सीसीटीभी राखेका रहेछन्। 'सीसीटीभी स्थानीयवासीको घर कम्पाउन्डतिर सोझ्याइएको रहेछ,' बिष्टले भने, 'त्यही भएर देख्न सकिएन।' प्रहरीले ती युवतीसँग अँगालो मारेर हिंड्ने युवकको खोजी

0 Comments

Related Reports
Related Trend Analysis