Incident Reports

युवा संघ र अखिलद्वारा प्रधानमन्त्री र मन्त्री यादवको पुत्ला दहन

2022-01-25

Province 1, Taplejung, Phungling

युवा संघ नेपाल र अनेरास्ववियू ताप्लेजुङले मंगलबार सदरमुकाम फुङ्लिङमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन्।

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिसांत्मक कार्यलाई प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्तिविरुद्ध युवा संघ र अखिलले संयुक्त रुपमा आन्दोलन स्वरुप पुत्ला दहन गरेको युवा संघका जिल्ला इञ्चार्ज गोपाल न्यौपानेले जानकारी दिए।

नेकपा एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली बीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परिणत भएको अनेरास्ववियूका कार्यवाहक जिल्ला अध्यक्ष बिबेक बानियाँले जानकारी दिए। रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्ति दिएकी थिइन्। अहिले यसको सर्वत्र विरोध भइरहेको छ। युवा संघका जिल्ला इञ्चार्ज न्यौपानेले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्नमा ढिलाइ गरे युवा संघ त्यसको प्रतिरोधमा उत्रने चेतावनी दिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments