Incident Reports

मोरङको उखुबारीमा मृत भेटिएको शव अन्यत्र हत्या गरेर ल्याइएको प्रहरीको निष्कर्ष

2022-01-26

Province 1, Morang, Dhanpalthan, Ward 7

मोरङको धनपालथान गाउँपालिका–७ मास्थित उखुबारीमा फेला पारेका दुई शव अन्यत्र हत्यापछि उखुबारीमा ल्याएर गाडिएको प्रहरीले निष्कर्ष निकालेको छ । दुवै शवको घाँटीमा डोरीले बाँधेको डाम देखिएको तथा हात बाँधिएको अवस्थामा खाडलभित्र शव भेटिएकोले उनीहरुको अन्यत्र हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने,‘दुवै शवको घटनाको प्रकृति हेर्दा घटनास्थल उखुबारी आसपासको क्षेत्र देखिदैन ।’ हत्यापछि उखुबारीमा ल्याएर शव व्यवस्थापन गरेको देखिन्छ । दुवै शव गाडिएको खाल्डोको प्रकृति र शव राख्ने तरिका एउटै छ ।

प्रहरीले अनुसार दुवै शवको हत्या समय एक हप्ता अघिपछि गरिएको शवको प्रकृति हर्दा देखिएको बताए । रङ्गेली–विराटनगर सडकको रामचोक खण्डको दक्षिणमा पर्ने कमलपुर र हनुमान चोकको बीचमा रहेको उखु खेतमा शव फेला परेको थियो । उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा बुधबार र बिहीबार दुई व्यक्तिको शव प्रहरीले निकालेको थियो ।

खाल्डोभित्र शव घुँडा टेकाएर राखेको अवस्थामा थियो । बिहीबार निकालिएको शव भने प्लास्टिकमा बेरिएको अवस्थामा थियो । शवको खाल्डोको माटो दबेको थियो । उखु काट्नेक्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएपछि पुगेको प्रहरीले बुधबार एउटा खाल्डोबाट अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला फेला पारेको थियो । शवको पहिचान अहिलेसम्म हुन सकेको छैन । शव भेटिएको स्थानबाट करिब ३० मिटरमा अर्को खाल्डो फेला पारिएको थियो, जहाँ कपडा र कपाल थियो ।

बिहिबार खाल्डो उत्खननपछि निकालिएकोे शव भने धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
National/Online Media

0 Comments

Related Reports