2022-01-27
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीहरुले विहीबार काठमाडौंमा राँके जुलुस निकालेका छन् ।
नेकपा निकट अखिल क्रान्तिकारीले विहीबार बागबजारमा राके जुलुस निकालेको हो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर लगाएका नारा लगाएका थिए । उनीहरुले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन माग गरेका छन् ।
नेपाल आयल निगमले गत बुधबार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बृद्धि गरेको थियो ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to commodity availability, prices, and subsidies |
Secondary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |