Incident Reports

जनमत पार्टीले निकाल्यो साङ्लो जुलुस

2022-01-29

किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले ‘साङ्लो जुलुस’ निकालेको छ । आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार जनमत पार्टीले आज मधेसका जिल्लासहित विभिन्न स्थानमा साङ्लो जुलुस निकालेको हो । जनमतका नेता तथा कार्यकर्ताले किसानहरूलाई मलखाद उपलब्ध हुनुपर्ने, बुधबार पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् ।

जनमत पार्टीले ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको छ । किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, कृषि उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, कार्यकर्ताहरूमाथिको मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग जनमतले राख्दै आएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments