Incident Reports

एमाले सांसद बानियामाथि बलात्कारको आरोप

2022-02-02

Lumbini, Banke, Nepalgunj

नेपालगञ्ज – सांसद मोहन बानियाविरुद्ध बलात्कारको आरोप लागेको छ।

नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाले बलात्कार गरेको आरोप लगाएकी छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिँदै शिक्षिका शाहीले नेपालगञ्जको होटलमा बसेको बेलामा सांसद बानियाले दुई पटक बलात्कार गरेको बताएकी छन्। माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाले बलात्कार गरेको आरोप लगाइएको छ।

शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेकी थिइन्। एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी शाही त्यसपछि प्रहरी कार्यालय पुगिनन्। आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शाही सोमबारमात्रै जाहेरी लिएर जिप्रका पुगिन्। शाहीको जाहेरी दर्ता भइसकेको छैन। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिसकेको छ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गरे। ‘सांसद बानियाविरुद्ध बलात्कारको जाहेरी परेको छ। हामी बुझ्दैछौं’, प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले भने, ‘आज यसबारेमा अरु प्रक्रिया अघि बढ्छ।’

सांसद बानिया र महिलाका बीचमा आर्थिक लेनदेन रहेको बुझिएको छ। बानियाले २५ लाखको चेक दिए पनि पछि खोसेर लगेको पीडित शिक्षिकाले बताएकी छन्। त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरेको महिलाले आरोप लगाएकी छन्। महिलाको स्वास्थ्य जाँच गरिएको छ। रिपोर्ट आइनसकेको बाँके प्रहरीले जनाएको छ। ‘दुई पटक बलात्कार, त्यो पनि कण्डम लगाएर’ भन्दा प्रहरी अधिकारी पनि आश्चर्यमा परेका छन्।

यस विषयमा सांसद बानियासँग बुझ्न फोन गर्दा सम्पर्क हुन सकेन। प्रहरी अधिकृतसँग सोमबार दिउँसो सम्पर्क हुँदा सांसद बानियाले ‘महिलाले नभएको कुरा’ गरेको बताएको प्रतिक्रिया दिएको बुझिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments