Incident Reports

No translation available.

2014-08-14

Gandaki, Gorkha, Ajirkot

Narahari Sapkota सिम्जुङ गाविस-६ सिरानडाँडाका स्थानीयवासी र प्रहरीबीच साउन २९ गते भएको झडपमा प्रहरीले चलाएको गोली लागि स्थानीय ६२ वर्षीय लाक्पा तामाङ घाइते भएका छन् । कम्भरमुनि एक गोली लागेर घाइते तामाङलाई उपचारका लागि राति नै काठमाडौँको वीर अस्पताल लगिएको छ । झडपका क्रममा स्थानीयवासीले असई गोबिन्द आचार्य र एक प्रहरी जवानलाई स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरी सोही दिन राति ९ बजे मुक्त गरेका छन् । गोरु काटेर खाँदै गरेका स्थानीयलाई गस्तीमा गएको भच्चेक प्रहरी चौकीका प्रहरीले गाई गोरु नकाट्न अनुरोध गरेपछि स्थानीय र प्रहरीबीच भनाभन भई झडप भएको थियो । झडपका क्रममा स्थानीयले हतियार सहित प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड हवाई फायर गरेको जनाएको छ । दुई फायरमध्ये एउटा गोली तामाङलाई लागेको स्थानीयले बताए । घटनापछि भच्चेक प्रहरी चौकी घेराउ गर्न पुगेका स्थानीयको अवरोधपछि राति १० बजेसम्म चौकीमा रहेका अन्य सातजना प्रहरी त्यहाँ बस्न नसकेर नजिकै रहेको नेपाली सेनाको क्याम्पमा शरण लिएर बसेकोमा सदरमुकामबाट राति डीएसपी रमेश थापाको नेतृत्वमा गएको प्रहरी टोलीको सहयोगमा स्थानीयवासीको अवरोध हटाईएपछि नेपाली सेनाको क्याम्पमा रहेका प्रहरी चौकीमा फिर्ता भएको डिएसपी थापाले बताए । उनले वर्षातका कारण राति नै घटनास्थलमा पुग्न नसेको र घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । नरहरि सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis