Incident Reports

No translation available.

2014-08-18

Bagmati, Kathmandu, Nagarjun

Vivek Dhungana रामकोट गाविस-८ की ३० वर्षीया सुशीला तामाङलाई रक्सी खान पैसा नदिएको आरोपमा ४० वर्षीय नरेन्द्र तामाङले कुटपिट गरी घरनिकाला गरेका छन् । पीडित सुशीला तामाङका अनुसार पति नरेन्द्रले भदौ १ गते राती रक्सी खान पैसा मागेको तर आफूले पैसा नदिएपछि कुटपिट गरी घरबाट निकाला गरेका हुन् । पति नरेन्द्रलाई कारबाही गरी पाउँ भनी पीडितले भदौ २ गते महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा जाहेरी दिएकी छन् । आरोपितलाई गिरफ्तार गरी कारबाही अघि बढाउनका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भुलाई पत्राचार गरिसकेको सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis