Incident Reports

समाचार कथित बोक्सीको आरोपमा कुटपिट गर्नेलाई तीन महिना कैद तथा जरिवानाको फैसला l

2014-08-18

Madhes, Siraha, Sukhipur

Durga Pariyar कथित बोक्सीको आरोपमा कुटपिट गर्ने तुल्सीपुर गाविस-३ का ४५ वर्षीय गंगाई यादवलाई जिल्ला अदालतले भदौ २ गते तीन महिना कैद तथा पाच हजार जरिवानाको गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलाशले सो फैसला गरेको सिरहाका सरकारी वकिल राजेशकुमार कटुवालले बताए । सोही घटनाका आरोपित १८ वर्षीय बिनोद यादव र ४० वर्षीया दुर्गा देवी यादवलाई जनही १० हजार रुपियाँ जरिवानाको फैसला गरेको सरकारी वकिल कटुवालले बताए । कथित बोक्सीको आरोपमा तुल्सीपुर गाविस -३ की ४० वर्षीया प्रेमशिला यादवलाई आरोपितहरूले २०७० चैत ११ गते कुटपिट गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा चैत १४ गते उजुरी गरेकी थिइन् । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis