Incident Reports

कुटपिट गरी घरनिकाला गरेको आरोपमा पतिविरुद्ध उजुरी l

2014-08-18

Nati Babu Dhital मांखा गाविस-१ की ३४ वर्षीया कमला कार्कीले आफूलाई कुटपिट गरी घरनिकाला गरेको भन्दै ३५ वर्षीय पति विज्ञान कार्कीविरुद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पतिले आफूलाई साउन १८ गते कुटपिट गरी घरनिकाला गरेको पीडितको आरोप छ । पतिले घरनिकाला गरेपछि माइतीघर बस्दै आएको र बाढीपहिरोका कारण उजुरी गर्न ढिलाई भएको पीडितले बताइन् । आरोपितलाई गिरफ्तार गर्न मातहतको निकायलाई पत्राचार भएको जिल्ला प्रहरी कार्यालयस्थित महिला तथा बालवालिका सेवा केन्दकी प्रमुख सुनिता मगरले बताइन् । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis