Incident Reports

केपी ओलीको गृहनगरमा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

2022-04-09

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई आर्थिक टाट पल्टाउनेहरुसँग हिसाबकिताब माग्ने बताएका छन् । झापाको दमकमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश ऋणले चुर्लुम्म डुबेको भन्दै यसको दोष वर्तमान राजनीतिका ठूला दलहरुले लिनुपर्ने बताए । ‘अहिले देश ऋणमा चुर्लुम्म डुबेको छ । आफ्नो आम्दानीले सामान्य गतिविधिसम्म धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सरकारको विभिन्न मानिसले भनिरहेका छन् देशको अवस्था ठिक छैन भनेर । बैंक रित्तिएको छ, साना साना ठेक्काको काममा पनि भुक्तानी पाएका छैनन् । ४ वर्षभित्रमा ८ खर्बमा भएको राष्ट्रिय ऋण अहिले १७ खर्ब पुगेको छ ।’ लिङ्देनले आर्थिक रुपमा टाट पल्टाउनेहरुसँग राप्रपाले हिसाव किताब गर्ने चेतावनी पनि दिए । उनले विकृति विसंगति र भ्रष्टाचारविरुद्ध उत्रनका लागि राप्रपामा गोलबद्ध हुन पनि अपिल गरे । कार्यक्रममा बोल्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले एमाले नेतृत्वको सरकारले अरबौं भ्रष्टाचार गरेको भन्दै फेहरिस्त सुनाए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments