Incident Reports

बालिका बलात्कारका आरोपितलाई सफाइ, झुटो आरोप लगाएको भन्दै बालिकालाई जरिवाना l

2014-08-21

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota चितवन । ०७१ भदौ ४ गते १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनाका आरोपित दिव्यनगर गाविस-७ का २२ वर्षीय बिपिन सुनारलाई चितवन जिल्ला अदालतले ०७१ भदौ ४ गते सफाइको फैसला गरेको छ । चितवन जिल्ला अदालतका न्यायाधीश बिनोलमोहन आचार्यको एकल इजलासले सो फैसला गरेको हो । अदालतले लिएको बयानमा पीडितले आफू बलात्कृत नभएको बयान दिएपछि आरोपितले सफाइ पाएका अदालतले जनाएको छ । आरोपितलाई सफाइसँगै झुटो आरोप लगाएको भन्दै सो इजलासले पीडितलाई एक हजार रुपियाँ जरिवानाको फैसला गरेको स्रेस्तेदार पौडेलले जानकारी दिए । आरोपितले ०७१ असार २५ गते राती बालिकालाई बलात्कार गरेको भनी पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । आरोपितलाई असार २६ गते प्रहरीले गिरफ्तार गरेको थियो । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis