Incident Reports

बेचबिखनका लागि लगिएका तीन किशोरीको सीमा नाकाबाट उद्दार l

2014-08-19

Lumbini, Kapilbastu, Krishnanagar

Nandaram Poudel राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी देहव्यापारका लागि भारत जालान्धरतर्फ बेच्न लगिएका १८ वर्षेदेखि २० वर्षउमेर समूहका तीन किशोरीको सीमा नाका कृष्णनगरको एक होटलबाट प्रहरीले भदौ ३ गते उद्दार गरेको छ । किशोरीहरूलाई मासिक ३०-४० हजारको जागिर लगाइ दिने भनी ललाइफकाइ कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारततर्फलैजाँदै गरिएको अवस्थामा शान्ति पुर्नस्थापना केन्द्र, कृष्णनगरका कर्मचारीहरू र प्रहरीको सहयोगमा किशोरीको उद्दार गरिएको हो । किशोरीलाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फलैजान प्रयास गर्ने लक्ष्मी पुरी, रेशम पराजुली र भारतको पञ्जाव जालन्धरका ३६ वर्षीय जोगेन्द्र सिंहलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले गिरफ्तार गरेको छ । उद्दार गरिएका किशोरीहरूलाई शान्ति तथा पुर्नस्थापना गृहमा राखिएको र आफन्तलाई बुझाइने गृहका प्रमुख भूमिराज भट्टराईले बताएका छन् । नन्दराम पौडेल

0 Comments