Incident Reports

गठबन्धनको नाममा पार्टीले महिलालाई उपेक्षा गरेको भन्दै कांग्रेस नेतृहरुले गरे प्रदर्शन

2022-04-24

Province 1, Morang, Biratnagar

विराटनगर । स्थानीय तहको निर्वाचनमा पार्टीले महिलालाई उपेक्षा गरेको जनाउँदै विराटनगरमा नेपाली कांग्रेसका महिला नेतृ र कार्यकर्ता सडक प्रदर्शनमै उत्रिएका छन् । विराटनगरस्थित पार्टीको प्रदेश कार्य समिति कार्यालयमा आज आइतबार बिहान प्रदर्शन गरिएको हो । विभिन्न स्थानबाट भेला भएका महिला नेतृहरुले संविधानले प्रदत्त गरेको ३३ प्रतिशत समावेशको विषयलाई पनि पार्टीले उपेक्षा गरेको आरोप लगाएका छन् । प्रदेश १ सांसद एवं नेपाल महिला संघ मोरंगकी सभापति शान्ता पौडेलले दलीय गठबन्धनको नाममा पार्टीले सक्षम र पार्टीमा लामो समय काम गरेका महिलालाई अधिकारबाट बन्चित गरेको बताउनुभयो । पार्टीले निर्णय नसच्चाए आन्दोलन अझै तीब्र बनाउने चेतावनी उहाँको थियो । आक्रोशित महिलाले चर्को नाराबाजी गरेका थिए । पालिकास्तरमा मेयर उपमेयरमा एक पद पाउनुपर्ने माग गर्दै उनीहरुले महानगरपालिकामा गठबन्धन आवश्यक नरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments