Incident Reports

काभ्रेको नमोबुद्धका मेयर आकांक्षी पाण्डेमाथि आक्रमण

2022-04-24

Bagmati, Kabhrepalanchok, Namobuddha

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरको दावी गरेका रोशन पाण्डेमाथि आक्रमण भएको छ । आइतबार साँझ काँग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाको समूहले उनीमाथि कुटपिट गरेको आरोप छ । पाण्डेको बेनपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बनेपा भिलेज रिसोर्टमा बैठक बसिरहेको बेला उनीमाथि आक्रमण भएको थियो । रोशन पाण्डे काँग्रेस निकट क्रियाशील पत्रकार समेत हुन् ।टिकट वितरणबारे निर्णायक छलफल भइरहँदा अर्को समूहले अचानक मास आक्रमण गरेको बताइएको छ । आक्रमणबाट पाण्डेको शरीरमा चोटपटक लागेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको रातोपाटीलाई बताए । नमोबुद्ध नगरपालिकामा टिक वितरणबारे कांग्रेसभित्र आन्तरिक विवाद थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments