Incident Reports

मेयर उम्मेदवार छनौटलाई लिएर गोरखा कांग्रेसमा विवाद, पार्टी कार्यालयमा ताला

2022-04-25

Gandaki, Gorkha, Gorkha

गोरखा नगरपालिकाको मेयरका लागि उम्मेदवार छनौटको विषयलाई लिएर नेपाली कांग्रेस गोरखामा विवाद देखिएको छ। कांग्रेस गण्डकी प्रदेश संसदीय समितिले गोरखा नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई चयन गर्ने निर्णय गरेपछि गोरखामा विवाद सुरू भएको हो। मेयरका लागि ०७४ मा मेयर जितेका राजनराज पन्त, कांग्रेस जिल्ला सचिव किशोरजंग थापा र शोभा अधिकारीको नाम पनि सिफारिस भएको थियो। असन्तुष्ट पक्षले तीनधारेस्थित जिल्ला पार्टी कार्यालय र हरमटारीस्थित जिविसचोकमा रहेको कांग्रेस नगर कार्यसमिति कार्यालयमा ताला लगाएका छन्।

मेयरको उम्मेदवार अरू पार्टीसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने असन्तुष्ट पक्षको माग छ। उनीहरूले गोरखा बजारमा प्रदर्शनसमेत गरेका छन्। यसैबीच मेयर उम्मेदवारका लागि टिकट पाएका विश्वदेव श्रेष्ठले आफूमाथि कुटपिट भएको बताएका छन्। उनको हातमा चोट लागेको छ। पुरानो बसपार्कनजिकै फोटो खिच्न पसेका बेला उनीमाथि आक्रमण भएको थियो। कांग्रेसकै कार्यकर्ताहरूले उनीमाथि कुटपिट गरेको आरोप छ। गोरखामा कांग्रेसले गठबन्धन छाडेर एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो। आज मनोनयन दर्ताका लागि समय छ। दुई नगरपालिका, नौ गाउँपालिका र सबै वडामै कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments