Incident Reports

एमालेकै कार्यकर्ताले लगाए पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला

2022-04-25

नेकपा एमालेको लालबन्दी नगर कमिटीका कार्यकर्ताहरूले पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला लगाएका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी वितरणप्रति असन्तुष्टि जनाउँदै एमालेको एउटा पक्षले निर्वाचन प्रचार कार्यालयमा ताला लगाएको हो । पार्टी विभाजनका क्रममा नेतृत्वप्रति गालीगलौज गर्ने तथा सडकमा नाराबाजी गर्ने समूह नै अहिले उम्मेदवारी हासिल गर्ने लगायतका भूमिकामा अग्रणी देखिएपछि आफूहरुले तालाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ । टिकट वितरण प्रक्रियाको मापदण्ड के हो र स्थानीय कमिटीबाट सिफारिस भएकामध्ये टिकट नपाउनेले के कमी–कमजोरीका कारण टिकट पाउन नसकेका हुन् भन्नेबारे जानकारी माग गर्दै आफूहरुले ताला लगाएको एमालेका स्थानीय कार्यकर्ता कमल पौडेलले बताए । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments