Incident Reports

निर्वाचन अधिकृतको कार्यालय अगाडि सहकारी पीडितको नारा जुलुस

2022-04-25

Lumbini, Banke, Nepalgunj

नेपालगञ्ज – सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका पीडितले प्रमुख निर्वाचन अधिकृतको कार्यालय अगाडि नारा जुलुस गरेका छन्। सहकारीका रकम हिनामिना गर्नेहरु विभिन्न पार्टीबाट उम्मेदवार बन्न थालेको भन्दै उनीहरुको विरोध पीडितहरुले नाराजुलुस गरेका हुन् । सहकारीबाट ४३ करोड रुपैयाँ हिनामिना भएको छ । ठूलो संख्याका वचतकर्ता आफ्नो रकम फिर्ता पाउनका लागि निरन्तर आन्दोलनमा रहेका छन् । सहकारीका ४१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । सहकारी पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका अनुसार, अध्यक्ष हरदेबबक्स चौधरीसहित ३४ जना धरौटीमा छुटेका छन् । ६ जना जेलमा छन् भने एक जना फरार रहेका छन् । सहकारीका अध्यक्ष चौधरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । संघर्ष समितिका सहसंयोजक शुक्लाले चौधरीसहित पाँच जनाले विभिन्न पार्टीबाट उम्मेदवार दिन थालेको जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments