Incident Reports

एमाले मेयर पदका उम्मेदवारमाथि हातपात

2022-04-25

Madhes, Mahottari, Gaushala

महोत्तरी : गौशाला नगरपालिकाको एमाले पार्टीबाट मेयर पदको उम्मेदवार अजय कुशवाहा माथि हातपात गरिएको छ। सोमबार गौशाला नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न आएको समयमा हातपात गरिएको हो। सोही पार्टीका देवेन्द्र महासेठले कुशवाहा माथि हातपात गरिएको हो। महासेठले बावु रामऔतार महासेठको लागि टिकट माग गरेको र सो नदिदाँ आफूमाथि हातपात गरिएको कुशवाहाले बताए। कुशवाहाले भने, ‘आफूलाई पार्टीले टिकट दिएको निहुँमा यहाँका नेता कार्यकर्ताहरु बिहानैदेखि तनाव दिँदै आएका थिए। उनीहरु दिनभरि नै मानसिकरुपमा दबाव दिएको र पछि निर्वाचन अधिकृतको कार्यालयमा आउँदा आफूलाई घेरेर हातपात गरका हुन्।’ उनलाई निर्वाचन आयोगबाट खटिएको कर्मचारी र सुरक्षाकर्मीले घेरा हालेर सुरक्षित स्थलतर्फ लागोको हो। अहिले नेकपा एमालेका पदाधिकारीहरु मनोनयन दर्ता गराउदैँछन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments