Incident Reports

जुम्लाको हिमामा माओवादी कार्यकर्ताबीच झडप, एक घाइते

2022-04-27

Karnali, Jumla, Hima

जुम्ला — जुम्लाको हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एक जना घाइते भएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि दिइएको टिकटको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो । नेकपा माओवादी केन्द्र जुम्लाले दुई जनाको नाममा उपाध्यक्षको टिकट दिए पनि कार्यकर्ताबीच चर्को मतभेद सिर्जना भएको थियो । पार्टीले हिमा २ ओदीकी विनाशा रोकायालाई टिकट दिइसकेको अवस्थामा हिमा-१ की कल्पना दमाईले पार्टीको टिकट लिएर उम्मेदवारी दर्ता गराएपछि विवाद सुरु भएको थियो । कल्पना जिल्ला समन्वय समितिका सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भुवन भट्टले टिकटको विषयलाई लिएर दुई पक्षबीच झडप भएको बताए । झडपमा ढुंगा प्रहारबाट हिमा-६ का ४५ वर्षीय छत्र अधिकारी घाइते भएका छन् । ‘मलाई पार्टीले टिकट दिएपछि लाइनमा बसेर मनोनयन दर्ताको प्रक्रियामा थिएँ‚’ विनाशाले भनिन्, ‘तर पार्टीभित्रकै केही व्यक्तिले गाउँपालिका अध्यक्षका लागि पठाएको खाली टिकटमा नाम भरेर कल्पनाको मनोनयन दर्ता गराएपछि समस्या भएको हो ।’ उनले उचित छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेकी छन् ।

प्रहरीका अनुसार घाइते अधिकारीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको छ । कल्पना दमाईले उपाध्यक्षमा उम्मेदवारी दिएपछि विनाशाले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । झडपपछि हिमामा प्रहरी परिचालन गरिएको छ । विनाशा रोकायाको नाममा टिकट पठाएको भन्दै अगाडि नै कल्पनाको दर्ता गराइसकिएकाले समस्या भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज गजेन्द्रबहादुर महतले बताए । उनले भने, ‘दोष मनोनयन दर्ता गर्नेको होइन । टिकट दिएर दर्ता गराउन लगाउनेको हो । यसको विषयमा पार्टीभित्र छलफल हुने छ ।’ नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा अध्यक्षसहितका अधिकांश पदमा जितेको हिमामा यो पटक भने आन्तरिक किचलो बढेको छ । यो वर्ष वडामै पनि स्वतन्त्रमा उम्मेदवारी दिनेको संख्या बढेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments