Incident Reports

कांग्रेस र एमाले कार्यकर्ताबिच झडप, एक जना घाइते

2022-05-01

Gandaki, Syangja, Chapakot, Ward 6

चापाकोट नगरपालिका सु्न्तलीटारमा कांग्रेस र एमाले कार्यकर्ताबिच वैशाख १७ गते झडप हुँदा एक जना घाइते भएका छन् । चापाकोट नगरपालिका वडा ६ र ७ मा एमाले कार्यकर्ताहरु चुनाव प्रचार गरी फर्किरहेको क्रममा काग्रेस कार्यकर्ताहरुले उनीहरुमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ । आक्रमणमा खुकुरी प्रहार भइ घाइते भएका चापाकोट नगरपालिका–१० का २७ वर्षीय एमाले कार्यकर्ता नारायण मगरलाई उपचारको लागि पोखरा पठाइएको इलाका प्रहरी कार्यालय चापाकोटका इन्स्पेक्टर खडग नारायण शाहले जानकारी दिनुभयो । झडपमा खुकुरी प्रहार गर्ने कार्यकर्ता फरार रहेका छन् भने हालसम्म कसैको गिरफ्तारी नभएको उहाँले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments