Incident Reports

नेकपा एमालेको प्रचार प्रसार र सवारी साधनमा तोडफोड गरेको आरोप – इन्सेक

2022-04-30

Lumbini, Rupandehi, Devdaha, Ward 10

देवदह नगरपालिका–१० चरङ्खेमा नेकपा एमालेको चुनाव प्रचार सामग्री तथा सवारी साधनमाथि गठबन्धनका कार्यकर्ताद्वारा वैशाख १७ गते राती तोडफोड भएको नेकपा एमालेले आरोप लगाएको छ । स्थानीय बुद्धिमाया गोलेको घरमा पार्किङ गरेर राखिएको ना २ ह ६७२ नम्बरको अटो रिक्सा र उक्त रिक्सामा टाँसिएको नेकपा एमालेको प्रचार सामग्रीमा धारिलो हतियार प्रहार गरिएको गरेको,  सोही ठाउँका सोमबहादुर खड्काको लु १ ह २५५६ नम्बरको अटो रिक्सामा समेत तोडफोड गरेको खडका र गोलेले इन्सेक प्रतिनिधिलाई  बताउनु भयो । योजनाबद्धरुपमा मध्यरातमा आक्रमण गरिएको भन्दै नेकपा एमाले देवदह नगर कमिटीले घटनाप्रति आपत्ति जनाएको छ । स्थानीय बुद्धिमायाका अनुसार स्थानीय एक जना कांग्रेसका  नेताको घरमा भोज–भतेरसहित चर्को स्वरमा नाचगानको कार्यक्रम समेत भएको र उक्त कार्यक्रम लगत्तै सडक बत्ती तोडफोड गरी घरमा पार्किङ गरेर राखेका अटो रिक्सामा धारिलो हतियारले आक्रमण गरेको बताउनु भयो । नेकपा एमाले देवदह नपा–१० का वडा अध्यक्षका उम्मेदवार मनकुमार कनौजे मगरका अनुसार विपक्षी दलहरूले हारको मानसिकताले आक्रमण गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा मतदाता तथा आम नागरिकहरूले सुरक्षाको प्रत्याभूति गर्न नसक्नु दुःखद भएको गुनासो गर्नुभयो । वडा प्रहरी कार्यालय, रामनगर इन्सपेक्टर पुस्करसिंह ऐरीले तीन पाङ्ग्रे दुई ओटा अटोरिक्सामा आक्रमण गरी सिटको कबर काटेको र रिक्सामा टाँगेर राखेको एमालेका प्रचार सामाग्रीहरू पनि काटेको भेट्टिएकोले मुचुल्का उठाएर अनुसन्धान भइरहेको बताउनु भयो । सैनामैना नगरपालिकाका नेपाली कांग्रेसका नेता हरि पोख्रेल, नेकपा माओवादी केन्द्रका नेतृशान्ति बराल लगायतले प्रचार प्रसारमा प्रयोग भएको नेकपा एमालेका गाडीमाथि तोडफोड र केही कार्यकर्ता माथि हातपातको प्रयास गरेको नेकपा एमालेले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Sharp weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
INSEC

0 Comments