Incident Reports

सोलुखुम्बुमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

2022-05-02

Province 1, Solukhumbu, Dudhkoshi, Ward 1

सोलुखुम्बु : सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेमा सोमवार साझ झडप भएको हो। चुनावी प्रचारप्रसारको क्रममा दुई पक्ष विच झडप हुँदा कांग्रेस वडा सभापति चुडा बहादुर बस्नेत, सचिव मिलन खत्री र दिपक सुनुवार घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। घाइते मध्ये मिलनको टाउकोमा, चुडा बहादुर र दिपकको खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहले जानकारी दिए। घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेसका एक जना कार्यकर्ता र माओवादी केन्द्रका एक जना कार्यकर्ता विच हात हालाहाल भएको थियो। सोही झगडामा दुवै पक्षका कार्यकर्ताहरु समेल हुँदा सामुहिक रुपमा परिणत भएको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments