Incident Reports

रुकुममा स्वतन्त्र र माओवादी उम्मेदवारका कार्यकर्ताबीच झडप, ६ जना घाइते

2022-05-03

Karnali, Rukum West, Tribeni, Ward 1

रुकुम पश्चिम - रुकुम पश्चिममा माओवादी र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । झडपमा परेर ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार त्रिवेणी गाउँपालिका-१ रुँघामा मङ्गलवार राति १ बजे झडप भएको हो । झडपमा परेर त्यही गाउँका ४२ वर्षका धर्मेन्द सुनार, ३८ वर्षका टीकाजङ्ग मल्ल, ३१ वर्षका जीवन पुन, ६८ वर्षका बलबहादुर पुन, १७ वर्षका चेतन केसी र ४० वर्षका यमबहादुर पुन घाइते भएका हुन् । घाइतेमध्ये धर्मेन्द्र, टीकाजङ्ग र जीवनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ । तीनै जनाको टाउको गहिरो चोट लागेको बताइएको छ । अन्य तीन जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । उनीहरुको ढाडमा चोट लागेको बताइएको छ ।

गाउँपालिकाको १ नम्बर वडामा माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष सुन्दर ओलीले पालिका चुनावको लागि आफ्नो नेतृत्वमा वडा अध्यक्षसहितको स्वतन्त्र प्यानल बनाएर बागी उम्मेदवारी दिएकाे विषयमा विवाद हुँदा झडप भएको हो । त्यस वडामा माओवादीले लक्ष्मण ओलीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । लक्ष्मण र सुन्दर पक्षका कार्यकर्ताहरु विवाद बढेपछि झडपको अवस्थामा आएर एक अर्कामाथि कुखुरी प्रहार भएको प्रहरीले जनाएकाे छ । स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका ओली र वडा सदस्यको उम्मेदवारी दिएका बुढालाई निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै गएकाे १८ गते पार्टीबाट निलम्बन गरिएकाे थियाे ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments