Incident Reports

चितवनको पदमपुरमा वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्ता विक माथि आक्रमण

2022-05-04

Bagmati, Chitawan, Kalika, Ward 3

माओवादी केन्द्रको भातृ संगठन वाईसीएलको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र विक घाइते भएका छन् । वाईसीएल कालिकाका इन्चार्ज नवराज घलानले उनलाई आक्रमण गरेको आरोप लगाइएको हो । कालिका–३ शान्ति टोल पदमपुर निवासी ३४ वर्षीय विकलाई वाईसीएल कालिकाका इन्चार्ज घलानले गए राति ११ बजे फोन गरी घरबाट बोलाएर आक्रमण गरेका छन् । बोलाएर २०० मिटर पर लगि १५÷१६ जनाको समूहले बोत्तल तथा सीसाले टाउकोमा हानेको स्थानीयले बताएका छन् । एमालेको भातृ संगठन युवा संघका नगर सदस्यसमेत रहेका विकको अहिले गम्भीर अवस्थामा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको नेकपा एमाले कालिकाका सचिव शुदर्शन अधिकारीले जानकारी दिए । विकको टाउकोमा गम्भीर चोट लागेको छ । वाईसीएल कालिकाका इन्चार्ज नवराज घलान यस अगाडि पनि एमाले जिल्ला कमिटी सदस्य ऋषिराम मरहठ्ठालाई आक्रमण गरी प्रहरी हिरासतमा रहेका थिए । उनी करिब २ महिना अगाडि धरौटी जमानतमा छुटेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people 16
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments