Incident Reports

No translation available.

2014-08-23

Province 1, Khotang, Diprung

DM Chamling Rai डाँडागाउँ गाविस-५ की एक १४ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएर राखेको आरोपमा प्रहरीले डाँडागाउँ गाविस-३ का १९ वर्षीय विशाल कटवाललाई भदौ ७ गते घरबाट गिरफ्तार गरेको छ । बालिकालाई आरोपितसहित १० जनाको समूहले गत जेठ ३० गते विद्यालयबाट घर फकर्ँदै गरेको समयमा अपहरण गरी आरोपितको घरमा राखेका थिए । पीडित बालिका आरोपितको घरबाट भागेर साउन ५ गते उदयपुर जिल्ला गाईघाटस्थित महिला तथा बालबालिका कार्यालयको सर्म्पर्कमा पुगेको पीडितले बताईन् । उदयपुरस्थित महिला तथा बालबालिका कार्यालयको सहयोगमा प्रहरी मार्फ खोटाङ आएकी बालिकाले आरोपित विरुद्ध भदौ ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दिक्तेलका डीएसपी गोविन्दकुमार शाहले गिरफ्तार गरिएका आरोपितलाई कानुनी कारबाही गरिने बताए । उनले भने -'पीडितबाट कुन प्रकारको जाहेरी आउँछ त्यहीअनुसार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइनेछ ।' डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis