Incident Reports

बलात्कार आरोपमा कुटपिट गर्दा ‘मतियार’ को मृत्यु

2022-05-07

Province 1, Ilam, Illam, Ward 7

काठमाडौंबाट इलाम गएकी १७ वर्षीया किशोरीलाई वैशाख २० मा राति इलाम नगरपालिका–७ मा बलात्कार प्रयास भयो । बलात्कार प्रयास गर्ने किशोर १८ वर्षका किशोर नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का हुन् । उनी बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक हुन् । सो गाडीमा किशोरी काठमाडौंबाट इलाम गएकी हुन् । गाडीमा सवार अन्य यात्रु ओर्लिएपछि किशोरीले बुवालाई फोन गरी लिन बोलाएकी थिइन् । बुवा नआउन्जेल एक्लै बसेकी किशोरीलाई सह–चालकले जबरजस्ती करणी गर्ने प्रयास गरेर भागेका थिए । छोरीले आफुलाई बलात्कार प्रयास गरेको बताएपछि पीडित किशोरीको बुवाले गाडी चालकलाई कुटपिट गरे । कुटपिटबाट गम्भीर घाइते भएका सो गाडीका चालक नुवाकोट तारकेश्वर गाउँपालिका–२ वगुवा घर भएका ३४ वर्षीय दिपक ढुंगानाको बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलामका एसपी महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए । शनिबार चालकको मृत्युपछि प्रहरीले पीडित किशोरीका बुवालाई पनि पक्राउ गरेको छ । बलात्कार उद्योग गरी फरार किशोरलाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकले एकान्तमा लगेर गाडी रोकेर सहचालकलाई बलात्कार उद्योग गर्न सहजीकरण गरिदिएको थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने– ‘घटनामा चालकले पनि मतियारको भूमिका खेलेको देखिन्छ ।’ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports