Incident Reports

बिनाकारण गिरफ्तार गरेको भन्दै प्रशासनमा उजुरी l

2014-08-26

Chhetu Sherpa प्रहरीले खाँदबारी साना खानेपानी तथा सरसफाइ संस्थाका सचिव डिल्ली श्रेष्ठलाई भदौ ५ गते बिना कारण गिरफ्तार गरेको भन्दै पीडितले भदौ ६ गते प्रमुख जिल्ला अधिकारीलाई उजुरी गरेका छन् । पक्राउ पुर्जी बिना नै प्रहरीले गिरफ्तार गरेकाले पीडितले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पछि सोही दिन नै प्रहरीले रिहा गरेको थियो। प्रहरीले प्रयोग गरेको हटलाइन पानीको मिटर खानेपानी संस्थाको अनुमति बिना सारेकोले तत्काल सोही ठाउँमा ल्याउन खानेपानी संस्थाका सचिव डिल्ली श्रेष्ठले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाए पछि अपशब्द प्रयोग गरी घरमै गिरफ्तार गर्न असइको कमाण्डमा प्रहरी पठाई गिरफ्तार गरेको पीडितको उजुरीमा उल्लेख छ । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis