2022-05-09
दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी बिहान साढे ३ ः १५ बजे आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी गराएका छन् । बडुवालले कुनै एक अज्ञात समुहले गाडीमा आगजनी गरेको हुनसक्ने बताए । गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएका थिए,’उनले भने ,‘त्यस कारण गाडीमा खासै क्षति भने हुन सकेन् ।’ जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय राकम कर्णालीले अनुसन्धान गरिरहेको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Arson |
Weapons | Fire |
Primary Cause | Election-related incident |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Unclear |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Left Alliance (CPN-MC, UML & others) |
Actor 2 - Youth | unknown |
Totally damaged Vehicles | 1 |