Incident Reports

तीन दलित परिवारको घरमा तालाबन्दी l

2014-08-22

Lumbini, Kapilbastu, Suddhodhan

Nandaram Poudel लबनी गाविस -५ सिसनियाका चन्द्रमान हरिजन ,रामनिवास हरिजन र कर्ताराम हरिजनको घरमा ०७१ भदौ ७ गते गैरदलितहरुले तालाबन्दी गरिदिएका छन् । १८ दिन पहिले चन्द्रमान हरिजनका छोरा २१ वर्षीय विनयकुमार हरिजन र सोही गाँउकी १९ वर्षीया सीता थारु हराएका थिए । गैरदलितको छोरी दलितले लगेको अनुमान गरी केटीका दाजुसहित आफन्तले तीन दलित परिवारको घरमा तालाबन्दी गरिदिएको दलित अधिकारकर्मी इन्द्रप्रसाद हरिजनले बताए । केही दिन पहिले केटी भगाएको आरोपमा प्रहरी कार्यालयमा उजुरी गरेकोले केटाका काका राम निवास हरिजनलाई इलाका प्रहरी कार्यालय पकडीले भदौ ४ गते सोधपुछका लागि भन्दै हिरासतमा राखी भदौ ६ गते रिहा गरेको थियो । हराएका केटा र केटी कहाँ छन् भन्ने कसैलाई थाहा नभएको बाबु चन्द्रमान हरिजनले बताएका छन् । तीन दलित परिवारको घरमा तालाबन्दी गरिदिएपछि परिवारका सदस्य सडकमा बस्न बाध्य भएको भन्दै पीडित परिवारले अधिकारकर्मीहरुलाई टेलिफोन गरी ताला खुलाउन पहल गर्न आग्रह गरेका छन् । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis