Incident Reports

थाहा खबर: कांग्रेस कार्यकर्ताद्वारा एमाले उम्मेदवारमाथि आक्रमण प्रयास

2022-05-09

Karnali, Dailekh, Gurans, Ward 7

दैलेख : एमालेको तर्फबाट दैलेखको गुराँस गाउँपालिका अध्यक्ष पदका उम्मेदवार टोपबहादुर बिसीको टोलीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन्। गाउँपालिका–७ मा आयोजित चुनावी सभालाई सम्बोधन गरी फर्किने क्रममा गुराँस–७ ओखरेनी नजिक कांग्रेस कार्यकर्ताले बाटो छेकेर आक्रमण गरेको अध्यक्ष पदका उम्मेदवार टोपबहादुर बिसीले बताए। बिसीका अनुसार कांग्रेस कार्यकर्ताहरूले कुटपिट गरी ज्यान मार्ने धम्कीसमेत दिएको बताए। कांग्रेस कार्यकर्ताको आक्रमणबााट अध्यक्ष पदका उम्मेदवार बिसी लगायतलाई चोटपटक लागेको जनाइएको छ। कांग्रेस कार्यकर्ताले अन्य जिन्सी सामान लुटपाटसमेत गरेका बिसीले बताए। यता दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले गुराँसमा भएको विवाद सामान्य भएको बताए। ‘विवाद सामान्य हो, निर्वाचनका वेला यस्ता सामान्य विवाद हुन्छन’, उनले थाहाखबरसँग भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments