Incident Reports

बकैयामा काँग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

2022-05-09

Bagmati, Makawanpur, Bakaiya, Ward 7

मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै काँग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका–७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् । चुनावको विषयलाई लिएर नेपाली काँग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले आरोप लगाइन् । उनीहरू दाजुभाइ समेत रहेका छन् । घाइते विष्णु र हरिको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीले बताइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त झगडा घर झगडा भएको र यसलाई राजनीतिक रूपमा नलिन आग्रह गरेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments