Incident Reports

साङ्घातिक आक्रमणमा परी नेकपा माओवादी केन्द्रका कार्यकर्ता घाइते

2022-05-08

Province 1, Sunsari, Harinagara, Ward 1

हरिनगर गाउँपालिका–१ का ३० वर्षीय नेकपा माओवादी केन्द्रका कार्यकर्ता सहवाज अञ्सारीले आफूलाई साङ्घातिक आक्रमण भएको आरोप लगाउनु भएको छ । नेकपा माओवादी केन्द्र हरिनगर गाउँपालिका–१ का वडा सचिव, वाइसियल हरिनगरका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र हरिनगरका सचिवालय सदस्य अञ्सारीले आफूलाई वैशाख २५ गते राति साङ्घातिक आक्रमण भएको आरोप लगाउनु भएको हो । चुनावका विषयमा हरिनगर नगरपालिका–२ का वडाध्यक्ष पदका उम्मेदवार तुफेल अहमद अञ्जारीको घर जाने क्रममा हरिनगर गाउँपालिका–२ स्थित आधारभूत स्वास्थ्य केन्द्र अगाडी भारतीय नम्वर प्लेटको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले आक्रमण गरेको पीडितको आरोप छ । आक्रमणमा पर्नु भएका अञ्सारी आँखामा चोट लागेको छ । पीडितको उपचार इटहरी सामुदायिक अस्पतालमा गरिएको छ । घटनाका विषयमा पीडितले वैशाख २५ गते राति मौखिक उजुरी दिएको भएपनि भारतीय नम्वरको मोटरसाइकल अल्फावेट र नम्वर बताउन नसकेकोले अनुसन्धानमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments