Incident Reports

प्यूठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप

2022-05-10

Lumbini, Pyuthan, Naubahini, Ward 8

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका-८ फोप्लीमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । स्थानीय तहको चुनावमा भोट दिन भन्दै कांग्रेस कार्यकर्तालाई एमाले कार्यकर्ताले फकाउन खोजेपछि झडप भएको बताइएको छ । शुरुमा दुवै समूहबीच विवाद भएको र पछि झडप भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी सत्यनारायण थापाले जानकारी दिए । झडपमा विष्णु गुरुङ र पुठबहादु पुन घाइते भएको प्रहरीले जानकारी दिएको छ । सोमबार फोप्लीमा भएको गठबन्धनको र्‍यालीबाट फर्किने क्रममा गठबन्धनका कार्यकर्तालाई एमालेहरुले घरभित्र हाली फकाउन खाजेको गठबन्धनका कार्यकर्ताको आरोप छ । घाइते एमाले कार्यकर्ताले भने गठबन्धनका कार्यकर्ताले धारिलो हतियारसहित कुटपिट गरेको बताएका छन् । घाइतेहरूको बिजुवारस्थित प्यूठान अस्पतालमा उपचार भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments