Incident Reports

तिलोत्तमामा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप

2022-05-09

Lumbini, Rupandehi, Tillotama, Ward 16

रुपन्देहीको तिलोत्तमामा नेकपा एमालेका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएको छ। सोमबार राति भएको झडपका क्रममा तिलोत्तमा नगरपालिका १६ बिहुलीका सन्जीव भण्डारी र सागर रेग्मी घाइते भएका छन्। आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ भने रेग्मीको अवस्था सामान्य छ। घाइते भण्डारीको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ। स्थानीय कांग्रेस कार्यकर्ताहरुले उनीहरुमाथि आक्रमण गरेको आरोप एमाले कार्यकर्ताहरुले लगाएका छन्। इलाका प्रहरी कार्यालय मंगलापुरले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले घटनाका विषयमा मंगलापुर प्रहरीमा उुजुरी लिन नमिल्ने भएकाले उजुरीका लागि बुटवल जान आग्रह गरिएको बताए। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आफू बाहिर भएकाले यसबारेमा बुझ्न नपाएको बताए। अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन। तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments