Incident Reports

No translation available.

2014-08-23

Bagmati, Dhading, Tripura Sundari

Vivek Dhungana प्रहरीसँगको मुठभेडमा साउन २१ गते काठमाडौँ भीमढुङ्गामा मारिएका भनिएका धादिङ त्रिपुरेश्वर गाविस-६ का २८ वर्षीय दिनेश अधिकारीको दाहसंस्कार गर्न परिवार सहमत भएपछि मृतकको दाहसंस्कार हुने भएको छ । अधिकारी प्रहरीसँग्को मुठभेडमा मारिएको नभई उनको गैरन्यायिक हत्या गरिएको भन्दै मृतक परिवार घटनाको अनुसन्धान गर्न माग गर्दै महानगरीय प्रहरी परिसर हनुमानढाको, प्रहरी प्रमुख आयुक्तको कार्यालय रानीपोखरी र जिल्ला प्रशासन कार्यालयमा घटनाको जाहेरी दर्ता गर्न पुगेका थिए । तर प्रहीले जाहेरी दर्ता नै नगरी पीडित परिवारलाई फर्काइदिए पछि मृतकका दाजु धुव्र अधिकारीले साउन ३० गते सर्वोच्च अदालतमा घटना अनुसन्धानको बाटो खुलाइ दिन माग गर्दै मुद्दा दायर गरेकोमा अदालतले जाहेरी दर्ता नगर्नुको कारण पेश गर्द विपक्षीको नाममा आदेश सुनाएपछि मृतकको शवको दाहसंस्कार गर्न पीडित परिवार मन्जुर भएको हो । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis