Incident Reports

सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ प्रहरीसहित ६ जना घाइते !

2022-05-10

Karnali, Surkhet, Simta, Ward 6

आसन्न स्थानीय तह निर्वाचनका बिचमा प्रचार प्रसारका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियाे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन्। उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ‘प्रहरीले सम्झाई बुझाई गर्दा कांग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्ताले उल्टाे प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरे । जसका कारण चार प्रहरी सामान्य घाइते भएका छन्’ डीएसपी घर्तीले बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
Youth Injured 1
National/Online Media

0 Comments