Incident Reports

पूर्वी नवलपरासीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, ३ जना घाइते

2022-05-11

Gandaki, Nawalparasi East, Bungdikali, Ward 1

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको पहाडी बौदीकाली गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप हुँदा ३ जना घाइते भएका छन् । घटनामा दुबै दलले एक अर्कालाई दोष लगाएका छन् । जिल्ला प्रहरीका अनुसार मंगलबार दिउँसो ४ बजे भएको दुई पक्षीय झडपमा ३ जना घाइते भएका छन् । उनीहरुमध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बौदीकाली गाउँपालिका वडा नम्बर १ को मिथुकरमको मौलाथर गाउँमा मंगलबार दिउँसो ३ भलिबल खेलिरहेको अवस्थामा मोटरसाइकल र्‍यालीमा आएका एमालेका कार्यकर्ताले आक्रमण गरेको भनाइ छ । स्थानीय चोलाकान्त कँडेलका अनुसार भलिबल खेलिरहेको अवस्थामा र्‍यालीमा आएका एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन् । घाइतेमध्ये एक जना गम्भीर घाइते छन् । उनको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरीले घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेर घाइतेलाई उपचारका लागि पोखरा पठाइएको जानकारी दियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments