Incident Reports

No translation available.

2014-08-21

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling घरेलुहिंसा गर्ने पति २५ वर्षीय रमेश थापा, जेठाजु ३५ वर्षीय गोपाल थापा र ३७ वर्षीय पूर्ण थापालाई कारवाहीको माग गर्दै दिक्तेल नगरपालिका-७ की २२ वर्षीया कमला थापाले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छिन् । आरोपितहरूले आफूलाई बारम्बार धम्की दिएर मानसिक यातना दिने, डर त्रास देखाइ घर छाडेर जान धम्की दिने गरेको पीडितको भनाइ छ । आरोपितहरूले भदौ ३ गते कुटपिट गर्दै तत्काल घर छाडेर नगए मार्ने धम्की दिएको पीडितको उजुरीमा उल्लेख छ । दुई वर्षअघि विवाह गरेपश्चात जेठाजुहरूले आफूलाई पटक पटक घरेलुहिंसा गर्दै दुर्व्यवहार गर्दासमेत पति २५ वर्षीय रमेश थापाले वास्ता नगरेको पीडितले बताइन् । पीडितको उजुरीको विषयमा आरोपितहरूलाई झिकाएर छलफल गराइने जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका अर्सइ मनोज यादवले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis