Incident Reports

माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट

2022-05-11

Province 1, Khotang, Halesi Tuwachung, Ward 7

काठमाडाैँ- खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ। मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेकाे दाबी गरिएको छ। पदम बुधबार हलेसीबजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा कुटिएका हुन्। ७ जनाको समूहले ‘कता हिँडेको, कहाँ हिँडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदमले बताए। उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल लगिएको छ। ‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बिसाइरहेका थियौँ। कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्‍यो’, पदमले भने, ‘दिपक राईले हात हालेपछि केदार लगायत सात जनाको समूहले कुटपिट गर्‍यो। भागेर ज्यान बचाएँ।’ मौन अवधिमा भोट माग्दै गरेको भेटिएपछि पदममाथि हातपात भएको जानकारी आएको कांग्रेस जिल्ला उपसभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले पनि भोट मागेकै विषयमा सामान्य झगडा भएको बताएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments