Incident Reports

बुटवलको मिलनचोकमा बम बिस्फोट

2022-04-12

Lumbini, Rupandehi, Butwal

बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। 

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले अज्ञात समूहले बम बिस्फोट गराएको बताएका छन्।

बिस्फोट गरिएको कुकर बमसँगै वैशाख २९ गते नेपाल बन्द गरौं भन्ने सन्देश लेखिएको कागज फेला परेको केसीले बताए।

स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम बिस्फोटको घटनाले बुटवलको सुरक्षा अवस्थालाई चुनौती दिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments