Incident Reports

बालविवाहको उजुरीपछि युवक गिरफ्तार l

2014-08-21

Sher Bahadur Chand बालविवाह गरेको आरोपमा भुमिराज गाविस-४ का २३ वर्षीय प्रकाश साउदलाई प्रहरीले ०७१ भदौ ५ गते गिरफ्तार गरेको छ । हाट गाविस-६ गुदेडाका १३ वर्षीया एक बालिकासित साउदले २०७१ वैशाख २८ गते वालविवाह गरेका भनी बालिकाका आफन्तले प्रहरीमा उजुरी गरेपछि उनलाई गिरफ्तार गरिएको हो । आफेनो छोरीसित बालविवाह गरेको भनी बालिकाका बुवाले ०७१ भदौ ३ गते पुरघाट प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले सोही दिन आरोपितलाई र बालिकालाई समेत पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटन, बैतडीमा थुनामा राखेको इन्सपेक्टर कृष्ण साउदले वताए । दुई वर्षअघि जेठी छोरी विर्मला भण्डारीसित विवाह गरेका साउदले दुई वर्षपछि कान्छी छोरीलाई समेत घरबाट भगाएर लगि विवाह गरेको भन्दै आरोपिलाई कानुनी कारबाही हुनु पर्ने भनी न्यायका लागी प्रहरी प्रशासनमा उजुरी दिएको बालिकाका बुवाले बताए । शेरबहादुर चन्द

0 Comments