Incident Reports

सर्लाहीको बसबरियामा कार्यकर्ताबीच झडप

2022-05-12

Madhes, Sarlahi, Basbariya

सर्लाही — शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मौन अवधि सुरु भएपनि बुधबार रातभर जिल्लाका विभिन्न स्थानमा पार्टीका नेता तथा कार्यकर्ताबीच झडप भएका छन् । जिल्लाको क्षेत्र नम्बर ४ मा झडप बढी भएका छन् । जिल्लाका राजमार्ग आसपासका क्षेत्र समान्य रहेपनि दक्षिणी क्षेत्रका अधिकांश स्थानमा अबेर रातिसम्म दुई दलका कार्यकर्ताबीच समान्य विवाद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै बसबरियामा पनि निवर्तमान अध्यक्ष तथा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार रामअयोध्या राय पनि समान्य घाइते भएका छन् । रायलाई एमाले कार्यकर्ताले साँझ घेरेर कुटपिट गरेको कांग्रेसी नेताहरुको दाबी छ । उनको हातमा चोट लागेको छ । यता एमालेका उम्मेदवार रामविश्वास रायले आफ्ना कार्यकार्ताले कुटपिट नगरेको भन्दै आम जनताले घेरेको दाबी गरे ।यस्तै बसबरियामै जनता समाजवादीकातर्फबाट अध्यक्ष पदका उम्मेदवार राम सिंहासन यादवलाई पनि अन्य दलका कार्यकार्ताहरुले दुव्र्यवहार गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments