Incident Reports

हेलम्बुमा काँग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

2022-05-12

Bagmati, Sindhupalchok, Helambu, Ward 3

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा नेपाली काँग्रेस र नेकपा एमाले समर्थीत कार्यकर्ताहरुको बिचमा कुटाकुट भएको छ । गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए ।

कुटपिटमा एमाले समर्थक ३६ वर्षका खेन्जो तामाङ र काँग्रेस समर्थक ६० वर्षीय मानदोर्जे तामाङ घाइते भएका छन् ।कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलम्बु–३ घर भएका छिरिङ दोङ भन्ने प्रेमसिंह पाख्रिन, आईतमान तामाङ र मनजित तामाङ छन् ।

खेन्जो तामाङको घरमा ढुंगा हानेको विषयमा विवाद हुँदा झडपको स्थिती आएको थियो । घाइतेहरुको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments